ताजा अपडेट »

जेरार्ड पिकेको गोलमा बार्सिलोना विजयी

विहीबार, ०४ कार्तिक २०७८, ०७ : १०
2 Shares

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले यस सिजनमा पहिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा बार्सिलोनाले डाइनामो किभमाथि १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा जेरार्ड पिकेले गरेको गोल निर्णायक गोल बनेको थियो ।बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो ।यो जितपछि बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ र समुह इ मा तेस्रो स्थानमा रहेको छ ।त्यस्तै डाइनामो किभको ३ खेलमा एक अंक रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।