१७ मंसिर २०७८, शुक्रबार

Dec 3, 2021

काठमाडौं । इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । 

Advertisement

नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू-१७ टोलीबाट समेत खेलिसकेका छन् ।मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् । 

‘म १३ वर्षपछि नेपाल फर्किएको छु’ विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् । 

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकासले इटालीको यू-१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि, उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

घरेलु टोलिले जित्यो आत्मानन्द गोल्डकपको उपाधि नेकपा एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो: नारायणकाजी श्रेष्ठ बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई, भारतीलाई स्वागत ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक : राष्ट्रपति लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा आगलागीबाट ७० लाख बराबरको क्षति कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ, केसी र प्रधानले दिए उम्मेदवारी ६ करोड बढी लागतमा बुटवलमा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर ! कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्र भिड्दै सुदूरपश्चिम प्रदेश : आन्तरिक मामिला मन्त्रालय तीन महिनादेखि सचिवविहीन, आर्थिक कारोबार बन्दले सेवा प्रवाहमा समस्या राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै काँग्रेस महाधिवेशनः लुम्बिनीमा शाह र पुनले प्यानलसहित गरे उम्मेदवारी दर्ता पानीमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु ४४ लिटर रक्तचन्दनको तेल सहित २ जना पक्राउ अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्याे नायिका करिश्मा र गायिका रचना पनि कक्षा १२ उत्तीर्ण कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ