ताजा अपडेट »

नागरिकता विधेयकमाथि छलफल जारी

सोमबार, १४ माघ २०७५, ०४ : ४१
2 Shares

माघ १४,

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन विधेयक दफाबार छलफलको क्रममा छ । बिहीबारदेखि संशोधनकर्ता सदस्यहरूसँग समितिले छलफल गरिरहेको छ । बिहीबार मूल विधेयकको दफा ३ मा परेका संशोधनमाथि छलफल भएको थियो । आइतबार विधेयकको दफा ४ देखि ६ सम्म छलफल भयो तर विधेयकको दफा ३ र ५ लाई भने थप छलफल गर्नुपर्ने समिति सभापतिले रुलिङ गर्नुभएको छ । 
सभापति शशी श्रेष्ठले विधेयकको प्रस्तावित दफाको छलफल स्थगन भएको जानकारी दिँदै भन्नुभयो, ‘‘प्रस्तावित दफाको नागरिकको प्रकार र प्राप्ति समेतका विषयमा थप गम्भीर छलफल आवश्यक भएकाले यो दफामा पछि छलफल हुन्छ । अहिले संशोधनकर्ता सदस्यहरूले राय दिन सक्नुुहुनेछ ।’’
दफा ३ मा सरकारले संविधान अनुकूल बनाउन भन्दै प्रस्तावित गरेको ‘बाबुको पहिचान हुन नसकेको’ विषयकै वरिपरि नै छलफल केन्द्रित भइरहेको छ । केही सांसद्हरूले उक्त शब्दावलीको सट्टा अन्य शब्द राखेर विधेयक परिमार्जन गर्न सुझाव दिएका छन् ।
नारायण काफ्ले /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।