२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

Advertisement

कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको ‘कहानी’ दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो । 

यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए ।

थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । ‘सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,’ करिनाले भनिन् । 

सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । ‘मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,’ सुजोयले भने । करिना अभिनित ‘लालसिंह चड्डा’ आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ । 

प्रतिकृया दिनुहोस्

Flash News

सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काँग्रेस केन्द्रिय सदस्यकामा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण