४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काडमाडौं । दुई सातायता भारतीय फिल्म ‘उचाइ’ को छायांकन नेपालको हिमाली भेगमा भइरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्लामा छायांकन सकाएर नाम्चेमा छायांकन गरिरहेको छ । 

यसैक्रममा मंगलवार ब्रेकमा रहेका कलाकारहरूले नाम्चेमा पुगेर सगरमाथाको दृश्यावलोकन गरेका छन् । फिल्मका कलाकारहरू अनुपम खेर, परिणीती चोपडाले पहिलोपटक सगरमाथा देखेको भन्दै समाजिक सञ्जालमा खुशी साटेका छन् । परिणितीले आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शसभ प्रभात मिस्टर एभरेस्ट । तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

साथै, सगरमाथा सामु जो कसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् । उनले पहिलोपटक सगरमाथाको अवलोकन गरेको भन्दै खुशी व्यक्त समेत गरेका छन् । बलिउड निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङका लागि  अनुपम खेर, परिणिती चोपडा, बोमन इरानीलगायतका कलाकार नेपालमा छन् । फिल्म युनिट आगामी साता हिमालपारिको जिल्ला मनाङमा जाने भएको छ ।  उचाई फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने छ ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश अविरल वर्षाले हुम्लामा २० घर भत्किए आज एमाले स्थायी कमिटी बैठक, यी हुन् पाँच एजेण्डा केन्द्रको हस्तक्षेपले राेकियाे एनआरएनए भेला विद्यालय पुनः निर्माणका लागि एक अर्ब ३३ करोड अपुग रूसमा कोरोना बढेपछि अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म बिदा दिने घोषणा