ताजा अपडेट »

जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन

शनिबार, २३ असोज २०७८, २० : ०४
4 Shares

जनकपुरधाम । भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । 

शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरेको मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरि २१९ जना अति दलित विद्यार्थीलाई भोरले शनिबार सम्मान गरेको छ । साथै एसईई उर्त्तिणपश्चात उच्च शिक्षा हासिर गर्न चाहने ती सामुदायका विद्यार्थीलाई भोरले स्थापना गरेको भोर छात्रवृति कोषबाट अध्ययनका लागि छात्रवृतिसमेत दिने जनाएको छ । 

कार्यक्रममा नायक नाजिर हुसेनले विद्यार्थीको हौसला बढाए । कुनै पनि चिज हासिल गर्न जात, धर्म समस्या नरहेको भन्दै अभिनेता हुसेनले भने, ‘तपाईहरु कहिले आफू दलित समुदायबाट हो, म यो गर्न सक्दैनौ भनेर नसोच्नुस् । बरु त्यसलाई प्राप्त गर्न दृढ इच्छाशक्तिका साथ लाग्नुस् ।’

नेपालको चलिचित्र क्षेत्रमा आफूले पनि कडा संघर्षपश्चात स्थान पाएको बताउँदै अभिनेता हुसेनले भने, ‘मेहनत गर्नुस्, त्यो परिश्रमको फल भागवान/अल्लाह आफैंले एक दिन अवश्यक दिनेछन् ।’

भोर संस्थाका अध्यक्ष राजकुमार महतोले भोरले स्थापनाकालदेखि मुसहर र डोम समुदायलाई केन्द्रमा राखी कार्यक्रम गर्दै आएको बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।