९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौं । चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Advertisement

संगम थपलियाको स्वरमा रहेको गीत तिमी मुस्कुराउँदाको म्युजिक भिडियोमा गरिमाको सुन्दरता अझ झल्किएको छ । भिडियोमा सुरज थपलिया र गरिमाबीच माया प्रेमको रोमान्स देखाइएको छ । कामका सिलसिलामा कुलेखानीमा पुगेका सुरजले गरिमालाई देखेपछि मन पराएको र त्यसपछिका माया प्रेमका घटनाक्रम भिडियोमा हेर्न सकिन्छ ।

कुलेखानीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । गरिमा र सुरजका साथमा गायक संगमलाई पनि भिडियोमा फिचरिङ गरिएको छ । संगम थपलियाको यो पहिलो रेकर्डेड गीत हो ।

तिमी मुस्कुराउँदा बोलको गीतमा शब्द र संगीत किशोर विश्वकर्माको छ । गीतमा संगीत संयोजन सञ्जीब बराईलीको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् ।

उत्सव दाहालले खिचेको भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् । सिता राईले कोरियोग्राफी गरेको यो म्युजिक भिडियोमा मनोरञ्जन श्रेष्ठको कलर संयोजन छ । चन्द्र विनायक फिल्म प्रोडक्सनमा भिडियोको पोस्ट प्रोडक्सनको काम गरिएका हो ।

शिवराम थपलिया गीतको निर्माता हुन् । गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला