ताजा अपडेट »

चेन्नईलाई हराउदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा

मंगलबार, १९ असोज २०७८, ०६ : ३६
12 Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो ।चेन्नईले दिएको १३७ रनको लक्ष्य पछाएको दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

यो जितपछि दिल्ली क्यापिटल्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । दिल्लीको १३ खेलमा १० जित र ३ हार सहित २० अंक भएको छ ।त्यस्तै चेन्नईको १३ खेलमा ९ जित र ४ हार सहित १८ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।आज आइपिएल अन्तर्गत राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुने छ। यो खेल दुवै टिमका लागि जित्नै पर्ने अवस्था रहेको छ । यस खेलमा पराजित हुने टिमको प्लेअफमा छनौट हुने सम्भावना निकै कम हुने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।