ताजा अपडेट »

भारतमा नेपाली कलाकारको प्रस्तुती

आइतबार, २२ भदौ २०७६, १४ : ०४
6 Shares

भदौ २२,

बुटवल । न्यू सागर एण्ड सगरमाथा टुर्स एण्ड ट्राभल्सको आयोजनामा हरितालीका तीज विशेष कार्यक्रम–२०७६ सम्पन्न भएको छ । भारतको लुधियानामा सम्पन्न तीज विशेष कार्यक्रममा नेपालका कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो । भारतमा रहेका नेपालीहरुलाई लक्षित गरी आयोजित कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक मेक्सन खाती,नारायण बि.पी.,विष्णु श्रीपाली, उज्वल गिरी लगाएतका दर्जन बढी कलाकारहरुको विशेष प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक तथा संथाका पूर्व अध्यक्ष दिनेश कुमार परियारले बताए ।

आयोजक संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता र स्थानीय समाजसेवी प्रवासी नेपाली संघका केन्द्रिय बरिष्ठ सदस्य हरि घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब पाँच हजार दर्शकको उपस्थिति रहेको संस्थापक अध्यक्ष राज कुमार अधिकारीले बताए । कार्यक्रमा युवा समाजसेवी विकास रेश्मीको विशेष आतिथ्यता रहेको थियो ।

विदेशमा रहेर पनि नेपाली परम्परा र संस्कृतीलाई उत्साहका साथ मनाउनका लागि संस्थाका एम.डी नारायण पौडेल, छवि भट्टराई, सोनु वि.क, बाबुराम घिमिरे उपाध्यक्ष इश्वरी घिमिरे,सचिव तुल्सा थापा कैलाश खड्का लगाएतको पहलमा कार्यक्रमको आयोजना गरिएको हो । यातायात र पर्यटन मार्फत नेपाल र भारतलाई जोड्दै आएको आयोजक संस्थाले लुधियानाको ढोलेबहाल स्थित आफ्नै कार्यालय अगाडी कार्यक्रमको आयोजना गरी सहज र निःशुल्क अवलोकन गर्ने व्यवस्था मिलाएको हो । कार्यक्रमको संचालक लोक दोहोरी गायक नारायण बि.पी.ले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।