ताजा अपडेट »

५० लाख धरौटीमा छुटे शर्मा

सोमबार, ११ असोज २०७८, १८ : ०४
6 Shares

काठमाडौं । बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव  चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ ।सोमबार विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मासँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । त्यसपछि  शर्माले धरौटी रकम बुझाएर छुटेका हुन् । निलम्बित सहसचिव शर्मा विशेष अदालतमा आज नै उपस्थित भएर बयान दिएका थिए । 

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतकाे आदेश:-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।