ताजा अपडेट »

संविधान दिवसको अवसरमा रक्तदान, ३५ यूनिट रगत संकलन

आइतबार, ०३ असोज २०७८, १२ : ३४
10 Shares

बुटवल । लुम्बिनी प्रदेश स्काउटले संविधान दिवसको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । आईतबार बुटवल बहुमुखी क्याम्पसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।

कोभिड–१९ को संक्रमित तथा अन्य विरामी उपचारको लागि रगत अभाव नहोस् भन्ने हेतुले रक्तदान गरिएको स्काउट लुम्बिनी प्रदेश अध्यक्ष दिननाथ भट्टराईले बताए ।

यस्तै स्काउटका लुम्बिनी प्रदेश सदस्य भरत अर्यालले एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई धन्यवाद दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।