९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

दमौली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो । 

बैठकमा सहभागी हुन सो पार्टीका महासचिव विप्लव बिहीबार बन्दीपुर आइपुगेका थिए । बैठक यही असोज ५ गतेसम्म सञ्चालन हुने नेकपाका जिल्ला सचिव एटमले जानकारी दिए । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले मेस चलाउने उनले बताए । बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् । बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व एमाले महाधिवेशन : शुद्धोधनमा गौतम प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा स्वाधिनताको रक्षा अबको ‘मिशन’ : महरा एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली मंसिरभित्रै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका बनाउन देउवाको निर्देशन एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत बुटवलबाटै लुम्बिनी प्रदेश सरकार सञ्चालन रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली