ताजा अपडेट »

चीनबाट थप ४४ लाख खोप आज आउँदै, निगमको वाइडबडी विमान बेइजिङमा

शुक्रबार, ०१ असोज २०७८, ०९ : ११
2 Shares

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको ४४ लाख भेरोसेल खोप आज काठमाडौं आउँदैछ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान बिहीबार राती बेइजिङ उडेको थियो । आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । 

स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए । खोप आएलगत्तै तुरुन्तै लगाउन सुरु गरिने उनकाे भनाई छ । 'हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,' उनले भने ।सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।