ताजा अपडेट »

शिक्षक बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको खुलासा

विहीबार, ३१ भदौ २०७८, ०७ : ३५
6 Shares

दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या व्यक्तिगत रिसइबीका कारण भएको खुलेको छ। प्रहरीले शिक्षक हत्यामा संलग्न भन्दै एक महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा शिक्षक बिसीको छिमेकी २५ वर्षीया मुना राना रहेको दैलेख प्रहरीले जनाएको छ। शिक्षक बिसीको हत्या मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए।

डिएसपी श्रेष्ठका अनुसार गुराँस गाउँपालिका–८, छोटेपोखरीकी मुनाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएकी छन्। ‘मुनाले नै बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने, ‘मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको छ।’

गत मंगलबार बिहान शिक्षक बिसी शव मालिका माविको बरण्डामा फेला परेको थियो। ४२ वर्षीय शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए। पक्राउ परेकी मुनालाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिइसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।