ताजा अपडेट »

बुटवल–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन अझै केही दिन लाग्ने

शुक्रबार, २५ भदौ २०७८, ११ : १२
6 Shares

बुटवल । बुटवल–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ । रुपन्देहीको देवदह स्थित घोडाहा खोलामा डाइभर्सन तयार भएपनि पश्चिम नवलपरासीको तुरीया खोलामा बेलि ब्रिजको निर्माणको काम सम्पन्न हुन बाँकी रहेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासीनिले बताए ।

‘देवदहको घोडाहा खोलामा हिजो साँझ डाइभर्सनको काम सम्पन्न भएको छ ।’ प्रमुख मरासिनीले ग्लोबल आवाजसँग भने ‘नवलपरासीको तुरीया खोलामा बेलि ब्रिजको काम सम्पन्न हुन्न अझै ४/५ दिन लाग्छ ।’ घोडाहा खोलाको डाइभर्सन एक साता र तुरीया खोलामा राख्न लागिको बेलि ब्रिज १० दिन भित्र सक्ने योजना रहे पनि वर्षाका कारण समयमा नै काम पुरा नगर्न नसकिएको मरासिनीले बताए । अविरल वर्षाका कारण घोडाहा खोला र तुरीया खोलाको पुल भासिएपछि २ हप्ता देखि बुटवल–नारायणगढ सडक अवरुद्ध रहेको छ ।

तुरीया खोलामा राख्न लागिएको अस्थायी पुल (बेलि ब्रिज)मा ठूला सवारी साधन भन्ने चल्न नपाउने छैन् । बेली ब्रिजमा टिपर, ट्रक लगायतका ओभरलोड भएका सवारी साधनलाई चल्न नदिने सडक डिभिजन कार्यालयका प्रमुख मरासिनीले बताए । सो पुलमा यात्रुवाहाक बस, मोटरसाइकल, कार लगायतका साना सवारी साधन एकतर्फी रुपमा चल्न पाउने उनले बताए । ओभरलोड भएका ठूला सवारी साधन भने भैरहवा– भूमहि लगायत सडक खण्ड नै प्रयोग गर्नु पर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।