ताजा अपडेट »

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

विहीबार, २४ भदौ २०७८, १५ : ४७
4 Shares

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन्।

पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।