ताजा अपडेट »

जोगाउँदा–जोगाउँदै रुपन्देहीमा बाढीले एक युवकलाई बगायो (भिडियोसहित)

शनिबार, १२ भदौ २०७८, २२ : १३
4 Shares

भैरहवा । बिहीबार १० गते रातिको अविरल वर्षा र बाढीका कारण रुपन्देहीमा अर्का एक युवक बेपत्ता भएका छन्। कालीदह–लुम्बिनी मार्गको मुख्य बाटोबाटै कालो झोला बोकेको करिब २५ वर्षिय पहिचान खुल्न नसकेको युवकलाई बाढीले बगाई बेपत्ता बनाएको प्रहरीले बताएको छ ।

भारत ककरहवाबाट लुम्बिनीतर्फ आउँदै गरेका ती युवकलाई कालीदह–लुम्बिनी मार्ग स्थित तेलार नदीको पुलदेखि करिब १ सय मीटर उत्तर तर्फबाट शनिबार १२ गते दिउसो १६ :१५ बजे बाढीले बगाइ बेपत्ता बनाएको प्रहरीको भनाई छ। पानीको धारले ती युवकलाइ बाटोबाटै बगाइरहँदा स्थानीय युवाहरूले गरेको उद्धार प्रयासको भिडियो लु.स.न.पा.१३ कालीदहका अजय कुमार यादवको फेसबुक पोष्टबाट जानकारी पाएपछि प्रहरीले खोजी तथा उद्धार कार्य थालेको बि.ओ.पी. कालीदहले बताएको छ।

यसअघि भाद्र १० गते बिहान साढे ५ बजेदेखि दानव नदीको बाढीमा हराइरहेका सम्मरीमाइ ३ का बब्लु लोध समेत गरि रूपन्देहीको बाढीले दुई जना बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्य नरायण थापाले बताएका छन् ।

बाढीले बगाउनबाट बचाउँदै गरेका स्थानीय तर, अन्ततः युवालाई बाढीले बगाएको छ । भिडियो : अजय कुमार यादवको फेसबुक पोष्टबाट

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा