१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

भैरहवा । भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई करिब ८५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गराएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

अमेरिकास्थित प्रोजेक्ट होप र एअरलिंक, फ्लेक्सपर्ट डट ओरजी, हेनरी साइन केयर, मेड शेयर लगायत संघ–संस्थाको सहयोगमा प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले गरेको काम प्रशंसनीय रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले संस्थाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराएको स्वास्थ सामाग्रीले प्रदेशका विभिन्न क्षेत्रमा रहेका संक्रमितहरुको उपचारमा ठुलो सहयोग पुग्ने धारणा राख्दै आगामी दिनमा पनि संस्था र मन्त्रालयबीच सहकार्य गरी अघि बढ्न आफू तयार रहेको बताइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक