ताजा अपडेट »

बुटवलका उत्सव अमेरिकाको ‘फिचर फोटो’ प्रतियोगिताको फाइनलमा

बुधबार, २० साउन २०७८, ११ : १७
4 Shares

बुटवल । बुटवलका ३५ वर्षिय युवा उत्सव सिंह अमेरिकाको प्रतिष्ठित पत्रिका मसल्स एण्ड फिट्नेसद्वारा आयोजना गरिएको ‘फिचर फोटो’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमीफाइनलबाट फाइनल प्रवेश गर्दै फड्को मारेका छन्।

फाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे (प्यासिफिक समय)सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भै सकेको छ । ८ वटा समुह रहेकोमा उनि आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल)मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्प्रद्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।

यस अघिनै नेचुरल बडिबिल्डिङ्गमा दुई वटा स्वर्ण पदक जितेका नेपाली युवा उत्सवले यो प्रतियोगिता पनि जित्न र प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटोमा आउनका लागि आफूलाई भोट गर्न नेपालीहरुमा अपील गरेका छन् । त्यसैगरी बुटवलबाट उनका पिता महेन्द्र बहादुर सिंहले पनि उत्सवलाई भोटगरी जिताउन र नेपालीको शान बढाउन आग्रह गरेका छन् ।

प्रोफेसनल नेचुरल बडिबिल्डिङ एसोसियसन (पीएनबीए)का दुई स्वर्ण विजेता उत्सव सिंहले प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटो प्रतियोगितामा हालसम्म सर्वाधिक मत प्राप्त गर्दै आएको उनका पिता सिंहले बताए ।

अनलाइन भोटिङ सिस्टम रहेको हुँदा नेपाल, अमेरिका लगाएत विश्वबाट उनलाई अनलाइन भोट गर्न सकिन्छ । नेपालबाट प्रतिनिधित्व गरेका उनले सेमिफाइनल र फाइनल राउण्ड जित्नका लागि भोटको आवश्यकता रहेको छ ।

पुरस्कार वापत प्राप्त गर्ने रकमबाट केहि रकम उत्सवले नेपालका बाढी प्रभावित र कोभिड प्रभावित नेपालीलाई सहयोग गर्ने बताएका छन् । बुटवल–६ ट्राफिक चोक घर भएका सिंह परिवारका कान्छा छोरा हुन् । बुटवलकै न्यू होराइजनबाट उनले विद्यालय स्तरको अध्ययन गरेका थिए ।

उनलाई भोट गर्नका लागि https://featured.muscleandfitness.com/2021/utsav-sing लिंकमा गई निःशुल्क भोट गर्न सकिन्छ ।

https://www.globalaawaj.com/archives/123753
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।