ताजा अपडेट »

लुम्बिनीमा धारा १६८(२) अनुसार सरकार गठन गर्न विपक्षी दलद्वारा प्रदेश प्रमुख समक्ष निवेदन

सोमबार, १८ साउन २०७८, १३ : ०३
18 Shares

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश अमिक शेरचनसमक्ष माग गरेका छन्। नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलका ४१ सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संयुक्त निवेदन दिँदै सो माग गरेका हुन् ।

‘प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता मा.शंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा. धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’– निवेदनमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।