ताजा अपडेट »

विवेकशील नेपालीका थापासहित २५ जना पक्राउ

शुक्रबार, ११ माघ २०७५, ०७ : ०१
6 Shares

माघ ११,

काठमाडौं । राजधानीस्थित संसद भवनबाट विवेकशील नेपाली दलका संयोजक उज्जवल थापा लगायत २५ जना पक्राउ परेका छन् । डा.गोबिन्द केसीसँग गरेका सम्झौतालाई पालना गर भन्दै सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूलाई बानेश्वरबाट पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा थापासँगै सदस्यहरू शशी विक्रम कार्की, अजिता राई, डा.दिनेश प्र्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी लगायत रहेका छन् । पक्राउ परेका टोलीलाई हाल नेपाल पुलिस क्लब लगिएको स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।