ताजा अपडेट »

मुख्यमन्त्री र चिनीयाँ विआरआई विज्ञ बीच भेटवार्ता

सोमबार, २० साउन २०७६, १८ : ३६
8 Shares

साउन २०,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र चिनियाँ विआरआई विज्ञ टोली बीच भेटवार्ता भएको छ । विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल भएको हो ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए । उनले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको उल्लेख गरे । केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने मुख्य मन्त्री पोखरेलको भनाई थियो । कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने बताए ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसंग जानकारी लिएको थियो । प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिएकोमा धन्यवाद व्यक्त गरे । विआरआई परियोजना मार्फत चीनले आफूसँगै छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।