१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् । विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।

Advertisement

प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी र निकासी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बाघ संरक्षणका लागि स्थानीयवासीलाई नै परिचालन गर्न सुझाव दिए । उनले वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले विकास पूर्वाधारका कारण प्रभावित बासस्थल संरक्षणमा ध्यान दिइने बताए । उनले भने, “वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ” । प्रधानमन्त्रीले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको माध्यम बन्नसक्ने बताउँदै बाघ र उसको बासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्ने औँल्याए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत पोखे । पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीकालदेखि थालिएको बाघ संरक्षण अभियान सफल भएकोमा खुशी हुँदै सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघिसारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताए ।

पूर्वमन्त्री दीपक बोहोराले नेपालले अन्तरराष्ट्रिय साझेदारी संस्थासँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै जलवायु परिवर्तनको जोखिमबाट बाघलगायत लोपोन्मुख पशुपंक्षीको संरक्षणका निम्ति चुनौती खडा भएको उल्लेख गरे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघ संरक्षणमा नेपालले सफलता पाएको बताउँदै बाघको सङ्ख्या दोब्बर हुनु त्यो सफलता भएको जानकारी दिए ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल–भारतका साथै सरोकारवाला अन्य मुलुकसँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा भारतले उल्लेखनीय योगदान गरेको सुनाउँदै विश्वमा रहेका बाघको कूल सङ्ख्याको ७५ प्रतिशत बाघ भारतमा रहेको तथ्य प्रस्तुत गरे । सन् १९७३ मा भारतमा ९ बाघ संरक्षण क्षेत्र रहेकामा अहिले त्यो बढेर ५० संरक्षण क्षेत्रमा पुगेका उनले बताए ।

त्यहाँस्थित रुसि महासङको दूतावासका प्रमुख भिक्टर भि इभ्सिभले नेपालले बाघ संरक्षणका लागि गरेका प्रयासको प्रशंशा गर्दै जैविक विविधता संरक्षणका लागि बाघ संरणमा सरोकारवाला मुलुकको सहकार्य जरुरी भएको बताए।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड