ताजा अपडेट »

लुम्बिनीका जसपाका ३ सांसद निश्कासन गरेको पत्र प्रदेशसभामा

विहीबार, १४ साउन २०७८, १५ : ३४
4 Shares

बुटवल । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका ३ जनालाई निश्कासन गरेको जानकारी प्रदेशसभा सचिवालयमा गराएको छ ।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको पत्र प्रदेशसभामा आएको प्रदेशसभाका सचिव दुलर्भ कुमार पुनले जानकारी दिए । ‘आज साढे १ बजेको समयमा ३ जना प्रदेशसभा सदस्यलाई निश्कासन गरेको जानकारी आएको छ ।’ सचिव पुनले ग्लोबल आजावसँग कुराकानी गर्दै भने ‘अब यसबारे के गर्ने सभामुख ज्यूले निर्णय गर्नु हुन्छ ।’

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।

जसपाले यस अघि पनि निर्णय विपरीत सरकारमा सहभागि भएको भन्दै सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय र सुमन शर्मा रायमाझियालाई निश्कासन गरेको थियो । जसपाको विवाद हुँदा बाबुराम उपेन्द्र पक्षले कारवाही गरेको थियो भने महन्त पक्षले कारवाहीको विरोध गरेको थियो ।

पछि उनीहरुलाई सर्वोच्च अदालतले पुर्नवहाली गरेको थियो । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिवद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।