ताजा अपडेट »

कारवाहीमा परेका जसपा लुम्बिनीका मन्त्री भन्छन् : हामी अदालतका सांसद हौँ

बुधबार, १३ साउन २०७८, ११ : ५१
4 Shares

बुटवल । जनता समाजवादी पार्टि(जसपा)ले लुम्बिनी प्रदेशमा सहभागी पार्टीका ३ जना मन्त्रीलाई कारवाही गर्ने निर्णय गरेको छ । पार्टीको सदस्य नरहने गरी गरेको कारवाहीमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश सहित सांसद पदमा मन्त्रीहरू सन्तोष पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल रहेका छन् । 

कारवाहीमा परेका जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डेले एउटा मान्छेलाई पटक- पटक एउटै कारवाही नहुने बताउँछन् । उनले ग्लाेबल आवाजसंग कुराकानी गर्दै भने –‘हामीलाई पार्टीबाट हटाइसकिएको छ, फेरी त्यही पार्टीले कारवाही गर्नै मिल्दैन ।’ उनले आफूहरू अब अदालतले बनाएको सांसद मात्रै रहेकोले पार्टीको कारवाही मान्य नहुने तर्क गरे । 

यता कारवाहीमा परेका अर्का मन्त्री विजय बहादुर यादव पनि कारवाही गरेर हटाएको पार्टीले फेरी हटाउँछु भन्नु हास्यास्पद रहेको बताए । उनले अदालतको फैसला नआउँदा सम्म हामीहरू सांसद रहने दाबी गरे । आवश्यक पर्दा कानूनी रुपमा अगाडि बढ्ने बताए । कारवाहीमा परेकी अर्की मन्त्री कल्पना पाण्डे भने उपचारको क्रममा काठमाडौँमा रहेकी छन् ।

https://www.globalaawaj.com/archives/124407
https://www.globalaawaj.com/archives/124407
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।