ताजा अपडेट »

हिन्दु आस्थाप्रति प्रहार गरेको भन्दै कपिलबस्तुमा डाः बाबुराम भट्टराईको पुत्ला जलाए

शुक्रबार, ०८ साउन २०७८, ०८ : ११
8 Shares

कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिकाको महाराजगञ्जमा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पुत्ला जलाइएको छ । डाः भट्टराईले पटक–पटक हिन्दु धर्ममाथि आक्षेप लगाउँदै प्रहार गर्दै आएको भन्दै हिन्दु युवा संघ,कपिलबस्तुले उनको पुत्ला जलाएकोे हो ।

हिन्दु युवा शक्ति कपिलवस्तुले जनता समाजवादी पार्टी (जसपा) का भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुत्ला जलाएको हो । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै युवा शक्तिले उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

८० बढी प्रतिशत सनातन धर्मावलम्बिहरुको आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशिघ्र कानूनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष हिन्दु युवा शक्तिले माग समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।