ताजा अपडेट »

चीनबाट थप आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

विहीबार, ०७ साउन २०७८, १५ : ४३
4 Shares

काठमाडौं । चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताए ।

उनका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उनले बताए । त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जाने कार्यक्रम रहेको छ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।