ताजा अपडेट »

ओली सरकारले गरेका नियुक्ति खारेज गर्न देउवा-प्रचण्ड सहमत

मंगलबार, ०५ साउन २०७८, १३ : ३२
6 Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अघिल्लो सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । 

मंगलबार बिहान बालुवाटारमा भएको छलफलमा देउवा र प्रचण्डबीच यस्तो सहमति भएको हो । जनतासामू सरकारको विश्वास दिलाउन केपी शर्मा ओली नेतृत्वको सरकारले विधि सम्मत नगरेको राजनीतिक नियुक्ती, निर्णय उल्टाउने सहमति भएको बालुवाटार स्रोतले बतायो । 

‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्न, जनतासामू कसरी सरकारको विश्वास दिलाउनबारे दुई नेताबीच छलफल भएको छ । उहाँहरुबीच असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने र सहमतिका आधारमा चल्नुपर्छ भन्ने सहमति भएको बुझिएको  छ ।’ बालुवाटार निकट एक नेताले भने । 

साथै, साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।  यसअघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमामा भेटवार्ता गरेका थिए ।  प्रचण्ड र नेपालबीच झण्डै एक घण्टा भेटवार्ता भएको थियो । उक्त भेटलगत्तै जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुगेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।