ताजा अपडेट »

बुटवलका १८ सहित रुपन्देहीमा थपिए ३७ संक्रमित

आइतबार, ०३ साउन २०७८, १६ : ३८
4 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २४१ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १२ जना, सैनामैना नगरपालिकामा ३ जना,देवदह नगरपलिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका र रोहिणी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३२४ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।