ताजा अपडेट »

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एकिकृत नागरिक सेवा

आइतबार, ०३ साउन २०७८, १३ : २१
4 Shares

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्ना सेवाग्रहीहरुका लागी एकिकृत नागरिक सेवा दिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरु सेवा प्राप्त गर्न सहज भन्ने उद्देश्यले कार्यालयले एकद्वार सेवा प्रणाली लागु गरेको हो ।आईतबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक मुकुन्दराज आचार्यले उक्त सेवाको सुरु गरेका हुन् ।

सेवा सुरु गर्दै उनले रुपन्देही प्रहरीले नेपालमै पहिलो पटक एकद्वार प्रणालीबाट कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गर्दै डिजिटल प्रविधिमा आधारित (कम्प्युटर कृत) नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । यसले नागरिक प्रहरी बिचको सिधा सम्बन्ध स्थापित हुने र उनिहरुको पहुँच सोझै प्रहरी सम्म हुने उनको भनाई थियो । यस्तै बिभिन्न सेवाको लागी फाँट फाँट भौतारिनु पर्ने समस्याको पनि अन्त्य हुने उनले विश्वास ब्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्रहीले गेटबाटै सेवा प्राप्त गर्न सक्ने उनले बताए । कार्यालयमा आउने सेवाग्रहीलाई गेटमा नै राखिएको एकिकृत नागरिक सेवा कक्षमा खटिएको प्रहरीले उसको नाम, ठेगाना सहित जिल्ला प्रहरी कार्यालयमा के उद्देश्यले आएको भन्ने बारे बुझेर त्यस सम्बन्धि सम्पूर्ण जानकारी राखिने छ । यसरी नागरिकको समस्या बुझेर उसलाई सम्पर्क गर्नु पर्ने फाँटमा पठाईने र सो को जानकारी सबै फाँटमा स्वतः जाने ब्यवस्था मिलाईएको छ ।

फाट उल्लेख गरे पछि सेवा केन्द्रका प्राविधिकले कम्प्युटरमा निवेदन इन्ट्री गरे पछि सो सम्बन्धित फाटमा पुग्ने भएकाले काममा सहजता आउने र जो पहिला आउछ उसैको काम अगाडी हुने र उनिहरुलाई टोकन समेत दिईने जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
यस अघि नागरिकको कुन फाँटमा कसरी सम्पर्क गर्ने भन्ने बारे गुनासो आउने गरेकोले प्रहरीलाई नागरिक मैत्री बनाउन एकिकृत नागरिक सेवा लागु गरिएको प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यले बताए ।

यस्तै आजै प्रहरी नायव महानिरीक्षक (डिआइजी) आचार्यले सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ को बेलहिया–परासी बाइपासमा प्रहरी चेक प्वाईन्ट कक्षको उद्घाटन गरे । प्रहरी कक्ष निर्माण ५ लाख रुपैया लागतमा तयार भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी)सत्य बहादुर थापाले बताए । राजमार्गमा चेकिंग गर्न बस्ने प्रहरी जवानहरुका लागी त्यहा कुनै कक्ष नहुदा बाटोको छेउमा अस्थाई छाप्रो बनाई प्रहरी बसेका देखिन्थे । प्रहरी कक्ष निर्माणले अब घाम पानीमा पनि सेवामा खटने अधिकृत एवं जवानहरुलाई सजिलो हुने प्रहरी प्रवक्ता थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।