ताजा अपडेट »

धार्मिक तथा पर्यटकीय स्थल परिक्रमा गर्दै सकियो बुटवल कोरा

शनिबार, ०२ साउन २०७८, १७ : ४८
2 Shares

बुटवल । साईक्लिस्टहरुको पर्वको रुपमा रहेको कोरा च्यालेन्ज बुटबलमा शनिबार सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघले आयोजना गरेको कोरा बुटबलमा करीब ५० बढी साईकिलीस्टहरुले सहभागिता जनाएका थिए ।

रुपन्देहीमा रहेका धार्मीक क्षेत्रहरुको अबलोकत तथा प्रचार प्रशार गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रुपन्देही तथा नवलपारीका साईकिलीस्टहरुको सहभागिता रहेको थियो । कोरा बुटबलको अवसरमा बोल्दै बुटबल उपमहानगरका नगर खेलकुद बिकास समिती अध्यक्ष नन्दु काउचाले उपमहानगरले छुट्टै साइकिल ल्याण्ड निर्माणका लागि बजेको व्यवस्था गरेको जानकारी गराए । साईकल चलाउनेहरु पनि खेलाडी हुन भन्ने धारणासहित समावेश गरेर लैजाने योजना रहेको बताउँदै उनले साईक्लिङ बिकास तथा बिस्तार र्गन बुटबल उपमहानरपालीका खेलकुद बिकास समिती सधै तैयार रहेको उल्लेख गरे ।

रुपन्देही जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष पुकार थापाले कोरा साईक्लिङ्गहरुका लागि एउटा चाड भएको बताए । कोरा आफैमा रमाईलो खेल रहेको बताउँदै उनले यसपाली कोरोनाका कारण विशेष बनाउन नसकिएको उल्लेख गरे । बुटबल र तिलोतमा क्षेत्रका धार्मिक तथा प्रर्यटकीय क्षेत्रको अवलोकन तथा प्रचार प्रसार गर्ने गरी बुटवल कोराको आयोजना गरिएको थियो । आजकै दिन विश्व भरका साईकल यात्रीले एकैपटक एकैदिन साईकल यात्रामा निस्कने प्रचलन रहेको छ ।

कोरा शब्द तिब्बती भाषा हो । यसको अर्थ धार्मीक स्थलहरु मठ मन्दीर तथा पबित्र स्थलहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ । आफैले आफैलाई दिइने चुनौती पूरा गर्नु कोराको मुख्य उद्देश्य रहेको बुटवल कोराकी संयोजक एक्कु कुमारी थापाले बताईन । कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफीक प्रहरी कार्यालय बुटबलका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नाराण पान्डे, लायन्स क्लब अफ बुटबल खसौलीका बिस्णु उपाध्याय, सचिब अशोक राई, वरिष्ठ उपाध्यक्ष धिरेन्द्र तुलाधर लगायतले शुक्रकामना व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।