ताजा अपडेट »

दश बुँदे सहमितका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने

शनिबार, ०२ साउन २०७८, १३ : ५८
8 Shares

काठमाडौँ । नेकपा (एमाले)का युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको हो । 

संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिए ।

कार्यदलले गरेको सहमति पार्टी अध्यक्ष  ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो । 

पार्टी सचिव गोकर्णराज विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताए ।“एमालेलाई एकताबद्ध गर्न आमपार्टीपङ्क्ति चिन्तित रहेको छ”, उनले भन्, “पार्टीप्रति कार्यकर्तामा देखा परेको अन्योलता र चिन्तालाई दूर गर्नका लागि पार्टीलाई फेरि पनि एकताबद्ध बनाउन सन्देशका लागि भेटघाट गरेको हौँ ।”

छलफलमा पार्टी उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिवद्वय प्रदीप ज्ञवाली, भीमप्रसाद आचार्य र पृथ्वीसुब्बा गुरुङ लगायतको सहभागी थिए  ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।