ताजा अपडेट »

माधव नेपाललाई एमालेमा ठाउँ छैन: ओली

बुधबार, ३० असार २०७८, १४ : ३२
4 Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले अब एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ठाउँ नभएको बताएका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ’, बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’

उनले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि माधव नेपालका लागि एमालेमा ठाउँ नभएको प्रष्ट पारे।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।