ताजा अपडेट »

रुपन्देहीका खाँण गृहमन्त्री बन्ने

मंगलबार, २९ असार २०७८, १८ : १०
6 Shares

बुटवल। रुपन्देहीका सांसद बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। नेपाली कांग्रेसबाट समानुपातिक प्रतिनीधि सभा सदस्य बनेका खाँण रूपन्देही क्षेत्र नं. २ का बासीन्दा हुन् । केपी शर्मा ओलीले गरेको संसद बिघटनलाई सर्वोच्चले व्युँताएर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसंगैको मन्त्रीमण्डलमा खाँण गृहमन्त्रीमा नियुक्त हुन लागेका हुन् । खाँण देउवाका विश्वासीला पात्र हुन्।

विद्यार्थी राजनीति मार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाँण हाल नेपाली कांग्रेसका प्रमुख सचेतक हुन् । २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उनी सङ्घीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि भएका हुन् । यस अघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाणले त्रिवि स्ववियू सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसकेका छन् । २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी खाँण २०५१ मा समेत संसदका उम्मेदवार भएका थिए ।

राजनीतिक यात्राका क्रममा उनले पञ्चायतकालमा करीब २ वर्ष जेल-जीवन बिताईसकेका छन् । उनले ने.वि. संघको अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्व गरेका थिए । उनी ३ छोरी र १ छोराका पिता हुन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।