ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा दुई मोटरसाइकल ठोक्किए, ३ जना गम्भीर घाइते

आइतबार, २७ असार २०७८, १९ : २०
6 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । पुर्व– पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका-८ रामापुरमा आइतबार साढे ५ बजे दुर्घटना भएको हो ।पुर्वबाट पश्चिमतर्फ आईंरहेको लु ६८ प १३८५ मोटरसाइल र विपरित दिशाबाट गईरहेको लु ६० प ३२८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सो घटना भएको हो ।

घाइते हुनेमा सैनामैना वडा न.१० पानबारी बस्ने वर्ष अन्दाजी २६का तारासिंह राना,कपिलबस्तु जिल्ला बस्ने वर्ष २८का ताराचरण चौधरी,सोही जिल्ला बस्ने वर्ष १९का रविन थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रवक्ता थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।