ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध

आइतबार, २७ असार २०७८, १२ : ४०
6 Shares

बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्ग (बुटवल–पाल्पा सडकखण्ड) पुनःअवरुद्ध भएको छ । विहिवार बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा २ दिनसम्म अवरुद्ध भएर शुक्रबार साँझबाट खुलेको सडक आज बिहानबाट पुनः अवरुद्ध भएको हो ।

गयरातिदेखि परेको वर्षाका कारण पाल्पाको तिनाउ गाउँपालिका स्थित सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको छ । वर्षासँगै माथिबाट खसेको पहिरोका कारण विहान साढे १० बजेदेखि सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जानकारी दिएको छ । अहिले पहिरो हटाउने काम भइरहेको र पानी रोकिएमा दिउँसोसम्ममा सडक खुल्न सक्ने प्रहरीले जनाएको छ ।

यसैबीच सोही सडक खण्ड अन्तर्गत पाल्पाको राम्दीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बुटवल–पाल्पा सडकखण्डमा पानी पर्दा हरेक वर्ष पहिरो जाने गरेकाले यात्रीहरुले सास्ती पाउँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।