ताजा अपडेट »

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

आइतबार, २० असार २०७८, ०७ : ३६
30 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । 

हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ।

आज प्रदेश  १, प्रदेश २,  बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही  एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान                       

आइतबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा   मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन/चट्याङ्गसहित  भारी वर्षाको सम्भावना रहेको छ  । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक-दुइ स्थानमा धेरै भारि बर्षाको पनि संभावना रहेको छ।

सोमबार
दिउँसो : प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती : प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

मंगलबार
दिउँसो : प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ  ।

राती : प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रही प्रदेश नं १, प्रदेश २ र गण्डकी  प्रदेशका  एक-दुइ स्थानमा  धेरै भारि बर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान  बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।