ताजा अपडेट »

रुपन्देही सहित लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध

बुधबार, ०९ असार २०७८, ०७ : ३२
2 Shares

बुटवल । रुपन्देही तथा लुम्बिनी प्रदेशभरनै नेपाल टेलिकमको मोबाईल सेवा अवरुद्ध बनेको छ । रातिदेखि नै सेवा अवरुद्ध भएपनी खोल्ने प्रयास नहुदा सेवाग्राही प्रभावित बनेका हुन।

सामाजिक सञ्जालहरुमा समेत सेवा अवरुद्ध भएको भन्दै स्थानियहरुले आक्रोश पोखेका छन।टेलिकमको ईमर्जेन्सी नम्बरमा समेत फोन नलाग्ने भएपछि सेवा अवरुद्धहुनुको कारण भने खुल्न सकेको छैन ।

सबैभन्दा धेरै प्रयोगकर्ता रहेको टेलिकमको सेवा अवरुद्ध भएको घण्टौ हुदापनी यसको ब्यवस्थापन भने भएको छैन । टेलिकमबाट ईन्टरनेट सेवा चलेपनी अहिले फोन, एसएमएस, ब्यालेन्स चेक, ईमर्जेन्सी कल,टपअप लगायतका सेवाहरु अवरुद्ध छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।