१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ ।
स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति सूचना जारी गर्दै चीनको टिंग्री कन्ट्रिको रोङछिया शहर र आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको जनाएको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चीनको सम्बन्धित पक्षसँगको कुराकानीपछि उक्त सूचना जारी गरेको जनाए । तामाकोशी नदी नेपाल–चीन सिमानाबाट उगम भएर बग्ने गर्दछ । बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्छ ।

यही असार १ गते तामाकोशी नदीमा एक्कासी आएको बाढीका कारण माथिल्लो तामाकोशीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । सो मुढा र लेदोलाई पनि झिकिएको आयोजनाले जनाएको छ । आयोजनाका बाढी आउने सूचनापछि माथिल्लो तामाकोशीको जलाशयको सतह नौ मिटर घटाइएको छ भने बालुवा थिग्रार्ने पोखरी पुरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोशी नदीमा बाढी आइहाले पनि कम्तिमा एकदेखि डेढ घण्टा बाँधले थेग्न सक्ने जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु