ताजा अपडेट »

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग जुट्दै

शुक्रबार, ०४ असार २०७८, १२ : २६
2 Shares

तनहुँ । विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आएकोमा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको हो । व्यास नगरपालिका–१ ठूलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सरपीडित मगरलाई रु २५ हजार आर्थिक सहयोग गरेका छन्।

हाल अष्ट्रेलियामा रहेका सुनारले पठाउनुभएको उक्त रकम निजका हजुरबुवा डम्बरबहादुर सुनारमार्फत मगरको कोठामा पुगेर हस्तान्तरण गरेका हुन् । जिल्लाको देवघाट गाउँपालिका–२ बैदी खानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आएका छन् । घरको अर्थावस्था अत्यन्तै नाजुक रहेका मगरको डायलायसिस गर्नसमेत धौधौ हुन थालेपछि जीवन बचाइदिन सबै पक्षसँग आग्रह गरेका हुन् ।

विसं २०७२ मा हिँड्न नसक्ने, टाउको दुख्ने, वाकवाकी हुने, पिसाबबाट रगत बग्नेलगायत समस्या देखापरेपछि उपचारका लागि विभिन्न अस्पताल धाए पनि रोग पत्ता नलागेको उनले बताए । राम्रो उपचारको खोजी गर्दै जाँदा काठमाडौँक नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएपछि मात्रै आफूलाई बोनम्यारो क्यान्सर भएको थाहा पाएको उनले बताए ।

सिभिल अस्पतालका डा विशेष पौडेलले शल्यक्रियाका लागि करिब रु १० लाख लाग्ने बताए पनि त्यति ठूलो रकम कहाँबाट जुटाऊ, रकम जुटाउन सके नयाँ जीवन पाउने थिएँ । उनले भने, “महिनामा एकपटक डायलायसिस गर्न त धौधौ भएको छ ।” भर्खरै मात्रै एक छोरा जन्मिएका छन् । गाउँमा खेती गरेर खाने जग्गा जमिन नहुँदा साउदीमा रहेका बुवाको कमाइले छ जना परिवारको प्राण धानिदै आएको श्रीमती सजिना बताईन् ।

यसैबीच केही दिनअघि मात्रै व्यास नगरपालिका कार्यालयले मगरको उपचारका लागि रु १५ हजार सहयोग गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम बराबरको चेक बोनम्यारोपीडित थापालाई हस्तान्तरण गर्नुभएको थियरेका थिए । व्यास–१ चारकुनेस्थित चारकुने टोल विकास संस्थाले संस्थामा आवद्ध प्रत्येक सदस्यसँग स्वेच्छिक रकम सङ्कलन गरी रु १० हजार प्रदान गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र स्थानीय समाजसेवी गिरिधरी सिग्देलले उक्त रकम निजकी श्रीमती सजिनालाई हस्तान्तरण गरे। त्यसैगरी व्यासनगरपालिका–२ निवारी गोविन्द पन्थका दम्पतीले रु पाँच हजार आर्थिक सहयोग गरेका थिए ।

रासस
लेखकको बारेमा
रासस