ताजा अपडेट »

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

मंगलबार, १८ जेठ २०७८, १० : ३७
4 Shares

काठमाडौँ । चीन सरकारले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आउँदैछ । सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको नेपाल वायुसेवा निगमका चार्टर्ड जहाज नेपाल एअरलाइन्स आज दिउँसो २ बजेसम्म नेपाल आइपुग्नेछ । सो जहाज बेइजिङबाट खोप लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ ।

गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै तत्काल ८ लाख डोज खोप नेपाल ल्याउन लागिएको हो ।
 
उक्त खोप आएलगत्तै संक्रमण जोखिम हेरेर ठाउँ विशेषमा खोप लगाउन सकिने र राष्ट्रिय खोप कार्ययोजनाअनुसार अभियान अघि बढ्नेछ । जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन् । यसअघि चीनले दिएको ८ लाख डोज भेरोसेल खोप प्रयोगमा आइसकेको छ  ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।