ताजा अपडेट »

‘विश्वभर नेपालको ब्राण्डिङ गर्ने अवसरका आइफा’

मंगलबार, १७ असार २०७६, १६ : ५३
8 Shares

असार १७,
काठमाण्डौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा नेपालमा आयोजना हुँदा नेपालप्रति सम्पूर्ण विश्वको जिज्ञासा बढ्ने बताएका छ्न ।

सरकारले ४४ करोड दिन लागेको चर्चा रहेको भन्दै उनले भने, ‘एउटा टेन्ट नै उनीहरुले ५६ करोडको राख्दैछन् । यदि ४४ करोड नै दिइहाल्यो पनि पनि पुग्दैन ।’ विश्व चलचित्रको दोस्रो ठूलो बजार बलिउडका मानिसहरु आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नु स्वभाविक भएको उनले बताए । मन्त्री बाँस्कोटाले संसदको विकास समितिको बैठकमा बोल्ने क्रममा आइफाका कारण नेपालप्रति विश्वको जिज्ञासा बढ्ने बताएका हुन् । ‘यो एउटा इभेन्ट हो, जुन नेपालमा भरहेको छ भनेर विश्वभरका ५०/६० करोड मान्छेले हेरे भने हामीप्रतिको जिज्ञाशा बढ्न सक्छ ’, उनले भने ।

विश्व चलचित्रको दोस्रो ठूलो बजार बलिउडका कलाकारहरु आउँदा सुरक्षा लगायतका विषयलाई सम्बोधन गर्नुपर्ने र यस क्रममा केही खर्च हुने स्वभाविक भएको बाँस्कोटाको भनाइ थियो । अन्तराष्ट्रिय अवार्डहरु नेपालमा गर्दा अर्बौ बराबरको ब्राण्डिङ हुने समेत मन्त्री बाँस्कोटाले बताए । ‘हलिउड नै यहाँ आउछु भन्यो भने के हुन्छ ? अचम्म हुन्छ । ओस्कार अवार्ड नेपालमा गर्ने, खुम्बुबाट गर्ने भन्यो भने दुई/चार अर्ब नै खर्च भएछ भने पनि पैसामा जोख्ने विषय हुँदैन १० औं खर्बको ब्राण्डिङ गर्छ’, उनले थपे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।