ताजा अपडेट »

काेभिड-१९ सम्बन्धी अध्यादेश उल्लङ्घन गर्नेलाई १ वर्षसम्म कैद र ५ लाखसम्म जरिबाना

सोमबार, १० जेठ २०७८, १८ : १९
8 Shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयन गराउन कडाई गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार एक सूचना जारी गर्दै कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएका छन् । 

अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ । यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ, अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे दुई हजार रुपैयाँ, अरू गाडी भए पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिबाना गराइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विज्ञप्तिमार्फत भनेका छन् ।

यस्तै अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।