ताजा अपडेट »

प्रतिनिधि सभा विघटन गरेकोमा विपक्षी दलको विरोध

शनिबार, ०८ जेठ २०७८, ०६ : २५
8 Shares

काठमाण्डौ । प्रतिपक्षी दलले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् ।मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधानको सामूहिक बलात्कार भएको भन्दै आक्रोश पोखेका छन ।उनले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिए ।

यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन । उनले अहिलेको राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्णय सार्वजनिक भएलगत्तै ट्वीट गर्दै प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन ।

परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने एमालेकै सांसदहरुको कारण देश मध्यावधि चुनावमा गएको बताएका छन । एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देश मध्यावधितर्फ गएको उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।