ताजा अपडेट »

बाँकेमा भयावह : थप १७ जना कोरोना संक्रमितको मृत्यु

बुधबार, ०५ जेठ २०७८, ०९ : ३३
2 Shares

बुटवल । बाँकेमा कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १८ की ७३ वर्षीया महिला, बढैयाताल २ बर्दियाका ८४ वर्षीय पुरुष, नेपालगन्ज ६ का ४५ वर्षीय पुरुष, टिकापुर १६ कैलालीका २८ वर्षीय पुरुष, नेपालगन्ज ४ का ६७ वर्षीय पुरुष, ठाकुरबाबा ९ बर्दियाका ६३ वर्षीय पुरुष र ३८ वर्षिया महिला, तुलसीपुर २ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा ५ कैलालीकी ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै गढवा ७ दाङकी ३० वर्षीया महिला, सानोभेरी ११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर १२ बाँकेका ४१ वर्षीय पुरुष, राप्तीसोनारी २ बाँकेकी ५९ वर्षीया महिला, कोहलपुर ११ की ५८ वर्षीया महिला, नेपालगन्ज ३ का ६१ वर्षीय पुरुष, त्रिवेणी १ रुकुम पश्चिमकी २७ वर्षीया महिला र कोहलपुर ४ बाँकेका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो संगै कोरोनाबाट बाँकेका २५३ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २०९ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।