ताजा अपडेट »

पश्चिम नवलपरासीमा थप ३ संक्रमितको मृत्यु, ७१ जनामा संक्रमण

आइतबार, ०२ जेठ २०७८, १९ : ५४
2 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिकाका दुई जना र रामग्राम नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिए । सुनवल नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय पुरुषको होम आइसोलसेनमा मृत्यु भएको छ । यस्तै सुनवलकै वडा नम्बर १२ का ४८ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १० का ५८ वर्षीय पुरषको पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज थपिएका मृतकसँगै जिल्लामा कोरोना कारण ज्यान गुमाउनेको संङ्ख्या ९५ पुगेको छ । यसैविच पश्चिम नवलपरासीमा आइतबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ३९ र महिला ३२ जना छन् । पिसिआर परिक्षणबाट ५८ जना र एन्टिजिन परिक्षणबाट १३ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुस्ता गाउँपालिकामा मात्रै आइतबार २८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सुनवल नगरपालिकामा १७ जना, बर्दघाट नगरपालिकामा १६ जना, सरावल गाउँपालिकामा ५ जना, पाल्हीनन्दन गाउँपालिकामा एक जना, रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् ।

आइतबार थप भएका संक्रमितसँगै जिल्लामा कोरोना पुष्टि हुनेको संङ्ख्या ३ हजार ९० पुगेको छ । यस्तै आइतबार पश्चिम नवलपरासीमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् । अब जिल्लामा १३ सय ११ जना संक्रिय कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।