ताजा अपडेट »

देशव्यापी बाक्लिँदै संक्रमणको घनत्व

विहीबार, २३ बैशाख २०७८, ०८ : ०५
2 Shares

बुटवल । कोरोनाको दोस्रो लहर तीव्र गतिमा देशव्यापी भइरहेको छ । गत वर्ष चैतयता १३ महिनामा देशभर करीब ३ लाख ६० हजार संक्रमित भइसकेका छन् ।

हाल ६६ हजार ३५२ सक्रिय संक्रमित छन् । २ लाख ८९ हजार ७८३ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

बुधवारसम्म ३ हजार ४७५ जनाको मृत्यु भएको छ । संक्रमतिको संख्या २०० भन्दा कम भएका जिल्ला अब ६ वटा मात्र छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २ लाख २८ हजार ६०७ जना अर्थात् ६३.६ प्रतिशत पुरुष छन् ।

३६.४ प्रतिशत अर्थात् १ लाख ३१ हजार ३ जना महिला छन् । सबैभन्दा धेरै संक्रमित पुगेका जिल्लामा काठमाडौं छ, जहाँ १ लाख ३३ हजार ३०८ जना पुगेका छन् । सबैभन्दा कम मनाङमा १८ जना छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।