ताजा अपडेट »

रोटरीद्वारा तिलोत्तमा स्थित कोभिड आइसोलेशनलाई अक्सिजन सिलिण्डर प्रदान

बुधबार, २२ बैशाख २०७८, १३ : ०३
4 Shares

बुटवल । नेपालमा पनि नयाँ भेरियण्टको संक्रमित वृद्धि दर बढ्दो छ । संक्रमित बढेसँगै देशका विभिन्न स्वास्थ्य संस्था र होम आइशोलेसनमा बस्नेहरुका लागि अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभावमा कैंयौले ज्यान पनि गुमाएका छन् । यही समस्यालाई स्थानीय स्तरबाट समाधान सहयोग पुगोस् भन्ने उद्देश्यले रोटरी क्लब अफ रुपन्देहीले अक्सिजन गरेको छ। सामाजिक सेवामा समर्पित हुँदै आएको तिलोत्तमा स्थित रोटरी क्लबअफ रुपन्देहीले तिलोत्तमा स्थित कोभिड आईसोलेसन अस्पताललाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो।

क्लबले बुधबार नगरपालिका कार्यालयमा नगरपालिकाका स्वास्थ्य महाशाखा उपसंयोजक तथा कोरोना फोकल पर्सन केशवराज भट्टराईलाई अक्सिजन सिलिण्डर प्रदान गरेकोहो । तिलोत्तमा क्षेत्र तथा तिलोत्तमा आईसोलेसन अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरुलाई टेवा पुगोस् भनेर सहयोग गरएको क्लबका अध्यक्ष गौतम भुसालले बताए । उनले भने ‘कसैले पनि तत्काल अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् । अन्य संघ संथाहरुले समेत कोभिड उपचारका लागि अत्यावस्यक देखिएको अक्सिजन सिलिण्डरहरु आफ्नो नजिको आईसोलेसन अस्पताललाई सहयोग गरी कोभिडका कारण समयमै अक्सिज नपाई हुनसक्ने मानवीय क्षति रोक्न म लगाएत क्लब परिवार अनुरोध गर्दछौं ।

त्यसैगरी क्लबका पूर्व अध्यक्ष राजकुमार पाण्डेले कोरोनाको दोस्रो लहरसंगै धेरै बिरामीहरुमा अक्सिजनको कमी देखिन थालेको र समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनु परिरहेको समाचारहरु आएपछि क्लबका सदस्यहरुको सक्रियतामा १ लाख ४४ हजार बराबर पर्ने १० थान अक्सिजन सिलिण्डरको व्यवस्थापन गरी सहयोग गरेको बताए । हाल तिलोत्तमाको कोभिड आइशोलेसनमा २० जना संक्रमित रहेका छन् । मंगलबार मात्रै २ सय २२ जना संक्रमित थपिएका छन् । नगर भित्र नगर लगाएत विभिन्न पालिकाबाट आएका गरी करिब १२ सय सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु होम आइसोलेशनमा बसेका छन् । संक्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भएको छ भने १८ जना अन्य स्थानमा रिफर गरिएको नगरपालिकाले जनाएको छ ।

अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज प्रसाद खत्री, निर्वाचित अध्यक्ष रामप्रसाद खरेल, कोषाध्क्ष पुरुषेत्तम गौरे, सदस्यहरु धर्म तिवारी, ओम प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । त्यसैगरी नगरपालिकाकातर्फबाट सेमरा बजार स्वास्थ्य केन्द्र, सेमराका इन्चार्ज कमल पाण्डेको पनि उपस्थिति थियो । ९ वर्ष अघि तिलोत्तमा नगरमा स्थापना भएको यस रोटरी क्लब अफ रुपन्देहीले हालसालै सेमराबजार स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी मातृशिशु अस्पतालका रुपमा संचालन गर्न एक करोड १८ लाख बराबरको स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।