ताजा अपडेट »

संक्रमण बढ्दै गएपछि पश्चिम नवलपरासीमा धमाधम आइसोलेशन अस्पताल थपिँदै

मंगलबार, २१ बैशाख २०७८, १० : ३१
10 Shares

नवलपरासी । कोभिड-१९ को जोखिम बढेपछि नवलपरासीका स्थानीय तहहरुले फेरी कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेका छन् । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकाले आजदेखि अक्सिजन सहितको आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोनासँग सामना गरेका पाल्हिनन्दन गाउँपालिकाका ब्यक्तिहरुको उपचारका लागि गाउँपालिकाले १० बेडबाट आफ्नो सेवा सुचारु गर्ने तयारीमा लागेको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताल बताए ।

पाल्हिनन्दन गाउँपालिकाले पाल्हि प्राथामिक स्वास्थ्य केन्द्र, लोहरौलीमा कोभिड–१९ अस्थाई अस्पताल स्थापना गर्न लागेको छ । यता सुनवल नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका नागरीकहरुको स्वास्थ्यप्रति संवेदनशिल बन्दै भोली देखि नै कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेको छ । सुनवल नगरपालिकाले अक्सिजन सहितको २० बेडको आईसोलेसन अस्थाई अस्पताल संचालन गर्ने तयारी गरीएको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले बताए ।

त्यस्तै बर्दघाट नगरपालिकाले कोभिड–१९ आइसोलेसन अस्पतालका लागि निमार्ण गरेको भवनलाई हिजो नै सफा गरी अन्य सामानहरु लैजाने तयारी गरीरहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले बताए । उनले केहि दिनमा अक्सिजन सहित १० बेडको आइसोलेसन अस्पताल संचालन गर्ने बताए ।

यसअघि बैशाख ७ गते नै दुई दिनमा अक्सिजन सहितको आइसोलेसन अस्पताल संचालन गर्ने बताए पनि अहिलेसम्म संचालन हुन सकेको छैन । भवन तथा केहि स्वास्थ्यका सामाग्रीहरु भए पनि कर्मचारी लगाएत अन्य स्रोत साधनको अभाव रहेकोले आइसोलेसन अस्पताल संचालन गर्न नसकिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमाधब ज्ञवालीले बताए । बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले २०७७ साल असार ५ गते शिलन्यास गरेर निमार्णको काम शुरु गरेको कोभिड–१९ आइसोलेसन अस्पताल दुई महिनामा नै संचालन गर्ने बताइएको थियो ।

पहिलो चरणमा करिव ७५ लाख र दोस्रो चरणमा करिव २० लाखको लागतमा उपभोक्ता समिति मार्फत निमार्ण भएको उक्त आइसोलेसन अस्पताल भवन अहिले फेरी उपभोक्तालाई नदिएर नगरपालिका आफैले ठेक्का मार्फत काम गर्न लागेको छ । बर्दघाट–२, चिसापानीको ढेडारी फाँटमा आइसोलेसन अस्पताल निमार्ण शुरु गरेयता बर्दघाट नगरक्षेत्रमा १४ जनाले कोभिड–१९ का कारणले ज्यान गुमाई सकेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।