ताजा अपडेट »

आईपीएलमा पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

सोमबार, २० बैशाख २०७८, ०७ : १५
4 Shares

बुटवल । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे शीर्ष स्थानमा पुगेको छ ।गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो ।अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।